काठमाडौं । कास्की जिल्लामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछाने सहितलाई कास्की जिल्ला अदातलले छोडन आदेश दिएको छ ।
रास्वपाका सभापति रवि लामिछाने ८४ दिनपछि रिहा भएका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिजकुमार राईले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएका छन् । उनी धरौटी बुझाएर रिहाइ समेत भएका छन् ।
रवि लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले हिरासत मुक्त गरेको हो । उनलाई पोखरा स्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण पश्चात प्रहरीले प्रक्रिया पुर्याएर परिवारलाई जिम्मा लगाइन् भएको छ ।
FACEBOOK COMMENTS