काठमाडौं । सहारा बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई प्रतिवादी बनाउने रायसहित चितवन प्रहरीले प्रतिवेदन बुझाएको छ ।
पुरक जाहेरीका आधारमा अनुसन्धान सकेर थप १४ जनालाई सहकारी ठगीमा मुद्दा दायर गर्न मागदाबी गर्दै अनुसन्धान जिल्ला सरकारी वकिल कार्यालय चितवनमा प्रतिवेदन बुझाइएको हो ।
प्रहरीका अनुसार अनुसन्धान प्रतिवेदनमा ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ रुपैयाँ बिगो मागदाबी गरेको छ ।
प्रहरीका अनुसार लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनालाई प्रतिवादी बनाइएको छ । यसअघि १७ जनालाई प्रतिवादी बनाएर दर्ता गरिएको अभियोग पत्र अदालतमा विचाराधीन छ ।
FACEBOOK COMMENTS