काठमाडौं । सुप्रिम बचत तथा सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतले रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको छ ।
आज आइतबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको एक इजलासले १ करोड धरौटीमा लामिछानेलाई रिहा गर्न आदेश दिएका छन् ।
सुप्रिम सहकारीको रकम अपचलनमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।
FACEBOOK COMMENTS