काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजस्व सङ्कलन र चुहावट नियन्त्रणमा गृह प्रशासनको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै उपप्रधानमन्त्री लामिछानेले राजस्व बढाउन सक्यौँ भने गृहको बजेट क्रमशः ‘रिभ्यू’ हुने बताए ।
उनले देशको ढुकुटी बलियो बनाउन इमान्दार प्रयास गर्न अनुरोध गरेका छन् । उनले सुशासन कायम गर्न र सहज सेवा प्रवाहमा गृह मन्त्रालय प्रत्यक्ष जोडिने भएकाले पुरातन शैलीमा काम गर्ने छुट कसैलाई नभएको बताए ।
गृह मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा अर्धवार्षिक समीक्षामा उनले भने, “म पनि विशेष टिओआर लिएर आएको छु । यहाँहरुसँग त परिभाषित जिम्मेवारी छँदै छ । त्यसैले आपसी सहकार्यमा नागरिकले तत्काल महसुस हुने गरी सुधारका काम गरौँ ।”
उपप्रधानमन्त्री लामिछानेले पद सुरक्षित हुँदाहुँदै पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल परिवर्तन गर्नुको मूल कारण नै ‘डेलिभरी’ दिनका लागि भएको उल्लेख गरे । गृह मन्त्रालयसँग स्रोत–साधनको अभाव रहेको भन्दै उनले प्रहरीका दुवै सङ्गठनसँग आधारभूत वस्तुको खाँचो रहेको औँल्याए ।
उपप्रधानमन्त्री लामिछानेले सवारी साधन, हातहतियार, उपकरण र प्रविधिमा पनि लगानी गर्नुपर्ने भएकाले त्यसतर्फ पर्याप्त ध्यान दिने बताए । नयाँ आर्थिक वर्षका लागि बजेट बन्ने प्रक्रिया सुरु भएकाले प्राथमिकता निर्धारणसहित तयारी गर्न र बजेटको सिलिङ बढाउन नभई ‘रिभ्यू’ गर्न उनले आग्रह गरे ।
FACEBOOK COMMENTS