गृहमन्त्री लामिछाने र जर्मन राजदूत प्रिन्जबीच भेट, यस्ता छन् छलफलका विषय
कर्पोरट खबर
9:07 pm, मंगलबार, चैत २०, २०८०
काठमाडौं । उपप्रधान एवंं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जबीच आज शिष्टाचार भेट भएको छ ।
उनीहरुबीच भेटवार्ता भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । गृहमन्त्री लामिछानेले अध्यागमनलाई अत्याधुनिक बनाई नेपाल भित्रने पर्यटकको आकर्षण र सीमा अपराध न्यूनीकरण गर्न इ–गेट (सफ्टवयर र हार्डवयर) तर्फ सुधार आवश्यक भएकाले सो सम्बन्धमा राजदुत प्रिन्जसँग छलफल गरे ।
उनले भोकेसनल ट्रेनिङ्मा जान इच्छुक विद्यार्थीका लागि आवश्यक समन्वय गरी सहजीकरण गरिने बताए । राजदूत प्रिन्जले घनिष्ठ सम्बन्ध रहेको देशको नाताले अनन्तकालसम्म साझेदारीै, समन्वय र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे । राजदूत प्रिन्जले मन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिँद नेपालको अध्यागमन प्रशासन सुधार गर्न अत्यावश्यक देखिएको इ–गेट निर्माणमा सहकार्य गर्न तत्परता देखाए ।
गृहमन्त्री लामिछानेले जर्मनी जान इच्छुक नेपाली विद्यार्थीका लागि अध्ययन र काम गर्न मिल्ने गरी भोकेसनल तालिममा पठाउने विषयमा श्रम, शिक्षा र गृहमन्त्रालयबीच समन्वय हुन नसक्दा अध्यागमनबाट फर्कन परेको गुनासो राखे ।
FACEBOOK COMMENTS