काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज सुनुवाइ हुने भएको छ ।
उक्त रिटमा बुधबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको छ । बुधबार लामिछानेका कानुन व्यवसायीले बहस गरेका थिए । आज रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् ।
अधिवक्ता अनुपम भट्टराईले लामिछाने सेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका छन् ।
FACEBOOK COMMENTS