काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले लिएको सिफारिस कार्यान्वयन गर्ने बताएका छन् ।
आज साँझ फेसबुक लाइभ मार्फत उनले समितिले प्रतिवेदनमा सिफारिस गरेको विषय कार्यान्वयन गर्न तयार रहेको बताए ।
आफू गोरखा मिडिया नेटवर्कमा हुँदा भएको ‘आर्थिक अपचलन’का जिम्मेवारी लिन तयार रहेको बताए । लामिछानेले संसदीय छानबिन समितिका सभापति सूर्यबहादुर थापाले पनि आफूलाई दोषी नभएको बताएको उल्लेख गरे ।
FACEBOOK COMMENTS