काठमाडौं । सहकारी ठगीसम्बन्धी अनुसन्धानमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष छविलाल बञ्जाडे जोशी पक्राउ गरी संगठित अपराधमा अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले पक्राउ गरेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।
पोखरा प्रहरी हिरासतमा रहेका छवि र रविलाई थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आज ७ दिनको म्याद दिएको छ ।
अदालतले लामिछानेसहित १२ जनालाई पक्राउ गर्न आदेश दिएको छ
