काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज थप बयानका लागि रुपन्देही लैजाने तयारी भएको छ ।
लामिछानेलाई बिहान करिब ६ बजे नै विमानस्थल लगिएको छ । मौसम खराब भएका कारण रुपन्देही पठाउन नसकेको बताइएको छ । विमानस्थल आसपासमा हुस्सु लागेका कारण विमानस्थलमा नै राखिएको छ ।
लामिछानेको बयान सकेर कास्की फर्काउने प्रहरीले जनाएको छ । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लागिएको हो । त्यसका लागि लामिछाने र जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिएको थियो ।
सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेको नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा गएको पाइएको छ ।
FACEBOOK COMMENTS