काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ ।
यसअघि थपेको ५ दिनको समय आज सकिएसँगै जिल्ला प्रहरी कार्यालय कास्कीले अदालत लैजान लागेको जनाइएको छ ।
रवि विरुद्ध पुस ५ गते जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको बताइएको छ ।
पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको मितिले पुस ५ गते ९० दिन पुग्दैछ । लामिछानेलाई जोशी पक्राउ परेकै मितिबाट म्याद मिलान गरिएको बताइएको छ ।
FACEBOOK COMMENTS