काठमाडाैँ। सहकारीकाे रकम अपचलन मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासत बसाइ लम्बिएको छ । उनलाई कास्की जिल्ला अदालतले चौथो पटक म्याद थप गर्दै १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरिएको थियो । दोस्रोपटक ७ दिन र तेस्रोपटक १० दिनको म्याद थप गरिएको थियो ।
उक्त म्याद पनि सकिएपछि रविलाई अदालतमा उपस्थित गराएको हो । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
FACEBOOK COMMENTS