काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेताले बाँडेको पैसा लिँदा ‘पाप नलाग्ने’ टिप्पणी गरेका छन् ।
आज मधेश प्रदेशमा आयोजित चुनावी कार्यक्रममा यस्तो बताएका हुन् । ‘पैसा खर्च गरेर मधेशको भोट परिवर्तन गर्नेहरूलाई खबरदारी गर्नुहोला’, रविले भने, ‘पैसाले भविष्य बेच्ने होइन, पैसामा आफ्नो भविष्य नबेच्नुहोला ।
कसैले दिए भने लिए हुन्छ, किनकि त्यो हाम्रो चोरेको पैसा हो । आफ्नै पैसा चोरेर लिएर गएर हामीलाई नै बाँड्छ भने आफ्नै पैसा लिँदो पाप लाग्दैन ।
तर, गलत मान्छेलाई भोट हाल्दा पाप लाग्छ ।’ उनले मधेशले इतिहास पहिलोपटक सबैभन्दा धेरै युवा उम्मेदवार पाएको बताए ।
FACEBOOK COMMENTS