पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ ।
पोखराको अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् ।
उनी बोल्दै गर्दा अगाडिबाट खोयाले हानिएको स्वयम् रवि लामिछानेले मन्तव्यका क्रममा बताएका छन् ।
उनले आफूमाथि खोया प्रहार हुनुलाई सकारात्मक शिक्षाका रुपमा लिएको र सो खोया घरको भित्तामा सजाएर राख्ने उद्घोष गरेको छन् ।
‘मैले सबैभन्दा लामो टक शो चलाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएको छु, त्यसको प्रमाणपत्र अहिलेसम्म घरको भित्तामा झुन्ड्याएको छुइन । तर, आज ममाथि प्रहार गरिएको खाधा खाएर फालिएको मकैको खोयालाई मेरो उद्देश्य पूरा नभएसम्म घरको भित्तामा झुन्ड्याएर राख्ने छु,’ उनले मन्तव्यका क्रममा भने ।
एनले आफूमाथि खोया प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको भए पनि प्रहरी कष्टडीमा नलगी सकुशल घरमा पुर्याएर उनको अभिभावकको जिम्मा लगाइदिन समेत प्रहरीलाई आग्रह गरेका छन् ।
‘म पूर्वगृहमन्त्री भएको नाताले पनि तपाइँहरूसँग अनुरोध गर्दछु कि ती भाइलाई सकुशल उनको परिवारको जिम्मा लगाइदिनुहोला, उनको परिवार र उनलाई भेट्न म उनको घरमै जाने छु,’ सभापति लामिछानेले भने ।
खामिछानेमाथि खोया प्रहार गर्ने व्यक्ति लमजुङका २८ वर्षीय सन्तोष रानाभाट रहेको प्रहरीले जनाएको छ । ‘उनी मकै खाएर बसेका रहेछन् । खोया फाल्ने क्रममा स्टेजतिर गएको भन्ने छ,’ एक प्रहरी अधिकारीले भने ।
FACEBOOK COMMENTS