काठमाडाैँ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चौथोपटक आज अदालत उपस्थित गराइएको छ । तेस्रोपटक म्याद सकिएपछि उनलाई आज अदालत पेश गरिएको हाे । रविका वलिकहरुले म्याद थप नगरी बाहिरै बसेर अनुसन्धान गर्न माग गरेका छन् भने सरकारी वकिलहरुले थुनामा राखेर अनुसन्धान गर्न थप २५दिनको म्याद थपको माग गरेका छन् । अहिले बहस जारी छ । उनलाई आज बाहिरै बसेर अनुसन्धान गर्न अदालतले आदेश दिन पनि सक्छ वा पुन हिरासतमा राखेर अनुसन्धान गर्न पनि सक्ने सम्भावना उतिकै रहेको छ ।
गत २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परी पोखरा ल्याइएका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई कास्की जिल्ला अदालतमा आज चौथोपटक उपस्थित गराइएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन भएको भन्दै पूर्वप्रबन्ध निर्देशक रविसहित पूर्वउपाध्यक्षसमेत रहेका पूर्वडीआईजी छविलाल जोशी, जीवी राइका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लिला पछाईंलाई अदालतमा उपस्थित गराइएको छ ।
FACEBOOK COMMENTS