काठमाडाैंँ । कास्की जिल्ला प्रहरीमा कार्यालयको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज विहान भेटेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले रवि लामिछानेलाई राजनीतिक प्रतिशोध नै साँधिएको बताएका छन् । उनले भने,‘ सहकारीको समस्या सुल्झाउने भन्दा पनि विषयान्तरगर्न रविप्रति शोध साँधिएको भन्ने आफूँलाई शंका लागेको छ ।’ रवि लामिछानेलाई अनेक काण्ड लगाएर दुःख दिइएकोमा आफूलाई अस्वाभाविक लागेको बताएका छन् ।
‘विभिन्न ढंगले एकपछि अर्को गरेर दुख दिने काम भइराखेको छ । यो अलि अस्वाभाविक र अन्याय पूर्ण भयो भनेर मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हु,’ उनले भने ।
सरकारले चाहेको खण्डमा सहकारीको समस्या समाधान गर्न सक्छ, तर ३० वर्षदेखि शासन गरेका दलहरुले हिजो आएको दलमाथि विभिन्न आरोप लगाएर दुख दिने काम गरेको उनको भनाई छ । उनले भने,‘ उहाँलाईनिकै स्वास्थ्यको हिसाबले पनि ठिक पाए, यो राजनीतिक प्रतिशोध नै हो भन्ने सन्देश पु¥याइदिन आग्रह समेत गर्नु भयो ।
FACEBOOK COMMENTS