काठमाडाैँ । कात्तिक २गते राष्ट्रिय स्वतन्त्र (रास्वपा) पार्टी कार्यालयबाट पक्राउ परेका रवि लामिछाने ५२ दिनदेखि हिरासतमा छन् । उनको आइतबार चार दिनको म्याद थप हुँदा उनको हिरासतको बसाइँ ५६ दिनको हुने छ । उनको पक्राउलाई लिएर रास्वपाले प्रतिशोध साँधिएको भन्दै सडकमा आन्दोलन गरेको थियो । त्यसलाई धेरैले सुरुवाति दिनमा कानुनी पक्रिया भएकाले आन्दोलन गर्न आवश्यक नरहेको भन्दै उल्टै पार्टीमाथि गम्भिर प्रश्न उठाएका थिए । यस विषयमा अन्य पार्टीले पनि कुनै क्रियाप्रतिक्रियाका मुख खोलेका थिएनन् । अनुसन्धानको पक्रियामा रहेको हुँदा यस विषयमा धेरै चुप बस्नु स्वाभिाविक पनि थियो ।
तर, जब चितवनबाट रातरात उनलाई पोखरा पुर्याईएकाे यो यस विषयलाई गम्भिर मानव अधिकारको हनन् भएको भन्दै सार्वजनिक रुपमै बहस उठ्न थालेको छ । राजनीतिक दलहरुले पनि रविप्रति गरिएको व्यावहारले राजनीतिक प्रतिशोध साँधिएको भन्दै सत्तारुढकै नेताहरुले समेत चर्को आवाज उठाएपछि यतिबेला उनलाई भेट्न जाने र सहानुभूति राख्नेको संख्या बढेको छ । उनको दल रास्वपाले पनि उठाउँदै आएको विषयलाई उक्त विषयले बल पु¥याउँदा रविलाई सहानुभूति बढेको हो ।
रवि माथि मानव अधिकार हनन् भएको भन्दै कसले के भने ?
बाबुराम भट्टराई (पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी, अध्यक्ष)
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हिरासतमा रहेका रवि लामिछानेलाई भेटेका छन् । उनले गत शुक्रबार भेटेर राजनीतिक प्रतिशोध साँधिएको आफूँले बुझ्दा पाएको बताए । नयाँ राजनीतिक शक्तिहरूको उदय भइराखेको अवस्थामा एक सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रूपमा उहाँलाई बुझ्छु । त्यसैले उहाँप्रति मेरो सधैं सद्भाव पनि छ । जुन ढंगले अहिले उहाँलाई एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अलि अस्वाभाविक लागेर र अन्यायपूर्ण भो भनेर नै ऐक्यबद्धता जनाउनका लागि आएको हुँ,’ उनले भने ।
ज्ञानेन्द्र शाही (सासंद, राष्ट्रिय प्रजातन्त्र पार्टी)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानव अधिकारको रक्षा गर्न माग गरे । उनले भने ‘‘माननीय रवि लामिछानेको मानव अधिकारको रक्षा गरियोस् कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो ।’ उनले आजै पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेर लामिछानेसँग भेट पनि गरेका थिए । लामिछानेलाई भेटेर निस्कने क्रममा शाहीले चितवनबाट पोखरा लाने क्रममा औषधिसमेत नदिएर दबाबसमेत गरिएको भन्दै सडक र सदनबाट जवाफ माग्ने बताए । सांसद शाहीले मानवअधिकारकर्मीसहित प्रहरी हिरासतमा पुगेको दाबी गरेका छन् । प्रहरी हिरासतमा रहेको मान्छेलाई पूर्ण स्वतन्त्रता सहित आफ्नो अभिव्यक्ति आफ्नो कानुन व्यवसायीलाई राख्न पाउने पूर्ण अधिकार हुने उल्लेख गर्दै उनी थप्छन्, ‘कसैको पनि अधिकार कुण्ठित गर्न पाइँदैन । यदि यस्तो गरेको खण्डमा मानव अधिकारको गम्भीर उल्लंघन गरेको ठहरिनेछ ।’ उनी लेख्छन्, ‘अन्यथा राज्य सञ्चालन गरिरहेका सञ्चालकहरू मानव अधिकारको गम्भीर उल्लंघन गरेर राज्य आतंक मचाउँछु भन्ने सोच राखेका छन् भने त्यो दिवा सपना मात्रै हो ।’
शेखर कोइराला ( नेपाली कांग्रेस बरिष्ठ नेता तथा सासंद)
सत्तारुढ दलका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रास्वपा सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगेकोप्रति आपत्ति जनाएका छन् ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राति १२ बजे उठाएर लैजानु अमानवीय व्यवहार भएको बताए ।उनले भने, ‘नेपाली कांग्रेस मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध छ । रविजीको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको छ । त्यसमा मेरो केही भन्नु छैन, तर राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय काम हो । यो रविजीको मात्रै कुरा होइन, कसैलाई पनि गर्न हुँदैन । यो त हाम्रो लोकतान्त्रिक देश हो । त्यो विल्कुल गलत हो ।’
पुष्पकमल दाहाल प्रचण्ड(पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङकुश अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै विरोध जनाएका छन् । उनले सरकारलाई प्रतिशोधपूर्ण कार्य रोक्न माग गरेका छन् । उनले फेशबुकमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’ त्यस्तै माओवादीकै जनार्दन शर्माले भेटेका थिए भने नारायणकाजी श्रेष्ठले पनि मौखिक रुपमा विरोध जनाएका छन् ।
FACEBOOK COMMENTS