काठमाडाैंँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरवालाका तर्फबाट पनि बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा जाहेरवाला तर्फको बहस सकिएको हो ।
रास्वपा सभापति रवि लामिछानेलगायत प्रतिवादी रहेको मुद्दामा बिहीबार जाहेरवालाका तर्फबाट ६ जना कानून व्यवसायीले बहस गरेका थिए । अब शुक्रबारदेखि प्रतिवादीका तर्फबाट कानून व्यवसायीहरूले बहस गर्नेछन् । प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।
सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएको थियो । बहसका क्रममा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ इजलासमै उपस्थित थिए ।
FACEBOOK COMMENTS