काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछाने थुनछेक बहस मंगलबार सकिएको छ । पोखरास्थित सूयर्दशन सहकारी ठगी प्रकरणमा जोडिएका र हाल प्रहरी हिरासतमा रहेका सात जनाको शुक्रबारदेखि जारी थुनछेक बहस अन्तरर्गत मंगलबार लामिछानेको बहस सकिएको छ । लामिछानेको बहस सोमबारबाट सुरु भएको थियो ।
सोमबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त, रमण श्रेष्ठ र सुरेन्द्र थापा गरि तीन जनाले सोमबार बहश गरेका थिए भने मंगलबार वरिष्ठ अधिवक्ताहरु डा.नारायण घिमिरे, हरि सुवेदी, रोहितराज बास्तोला सगै अधिवक्ताहरु डा. नारायणदत्त कडेल, राजेन्द्र सेढाई, सुरज बस्नेत, सुविज्ञ पन्त, सञ्जय गोले र सुनिता राउतले बहस गरेका थिए ।
न्यायाधीश नीतिज राईको इजलासमा जारी बहश अन्तरर्गत लामिछाने पक्षका कानुन व्यवसायीहरुले सरकाले राजनीतिक प्रतिशोध साधेको, सहकारीबाट पैसा नलगेको भन्ने कुरा प्रष्ट भै सकेको र त्यस कुराबाट सहकारी ठगी नगरेको समेत प्रष्ट भैसकेको अवस्थामा सरकारले केही गर्न सकिन्छ कि भनेर सगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग लगाएर अभियोग दर्ता गरेका, लामिछाने र श्रीमती निकिताको खातामा अस्वभाविक रुपमा रकम नआएको, गोरखा मिडियामा प्रवेश गर्नुभन्दा पहिल्यै देखिका लामिछानेका खाताहरु हेरिएकाले हाल लागाईएको सम्पत्ति शुद्धिकरण अभियोग लगाउन नमिल्ने बताए । अब बुधबार, बिहिबार दुइवटा वकिलले बहस गरेपछि सरकारी वकिलले जवाफी बहस गर्ने छन् । सम्भवत्ः शुत्रबार वा अाइतबार फैसला हुने सम्भावना रहेकाे छ ।
FACEBOOK COMMENTS