काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
कात्तिक २ गते काठमाडौंको पार्टी कार्यलय बनस्थली चमतीबाट पक्राउ परेका लामिछानेलाई ८४ दिनको हिरासतको बसाईँपछि आज आदेश भएको हो । न्यायधीश नितिज राईको इजालसले उनलाई थुना मुक्त गरेका हुन् । उनलाइ ६५ लाख धराैटी रकम बुझाएर रिहा गर्न अादेश दिएकाे छ ।
उनि विरुद्ध सहकारी ठगीसँग सम्पती शुद्धिकरण र संगठानिक अपराधसहितको मुद्दा सरकारी कार्यालयले पेश गरेको थियो ।
FACEBOOK COMMENTS