काठमाडाैं । रुपन्देहीको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही उपस्थित भएका छन् । उनी अपरान्ह रुपन्देही पुगेका हुन् । उनी जिल्ला अदालत रुपन्देही उपस्थित हुने जनाइएको छ ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । यसअघि कास्की र काठमाडौं जिल्ला अदालत धरौटी रकम बुझाएर रिहा भएका थिए।
FACEBOOK COMMENTS