काठमाडाैँ । रास्वपाका सभापति रवि लामिछाने सांसद पद निलम्बन फुकुवाको निवेदन लिएर संसद सचिवालय पुगेका छन्। उनले गैरकानुन रुपमा संसदले निलम्बन गरेको भन्दै उनले विधिवत् रुपमा सासंद पद फुकुवा गर्न आग्रह गरेका हुन् ।
निवेदन फुकुवाको निवेदन विधिवत् दर्ता भइरहेको सभापति लामिछानेको सचिवालयले जनाएको छ। सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो।
राजनीतिक प्रतिशोध राखेर सांसद पद निलम्बन गरेको भन्दै रास्वपाले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विरोध जनाउने यसअघि नै निर्णय गरिसकेको छ।