चितवन । सहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ।
बुधबार बिहान अदालत उपस्थित भएका लामिछाने विरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा हुने तय भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।
उनकाअनुसार इजलास तोकिइसकेका कारण लामिछानेको बयान सुरु भएको छ । बयान सकिएपछि बहस सुरू हुनेछ। बहसमा सुरूमा सरकारी वकिलहरू, त्यसपछि जाहेरवाला सहकारी पीडितपक्षका वकिल र अन्तिममा प्रतिवादी पक्षका वकिलहरूले गरेका छन्।
मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो।
FACEBOOK COMMENTS