काठमाडौं । सहकारी संस्थाको बचत अपचलनको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालत पुर्याइएको छ ।
केहीबेरअघि अदालत पुर्याइएका उनलाई आजै प्रक्रिया पूरा गरेर कारागार चलान गर्ने तयारी छ ।
बुटवलस्थित सुप्रिम सहकारीकाे बचत अपचलनकाे मुद्दामा उच्च अदालत तुलसीपुरकाे बुटवल इजलासकाे शुक्रबारकाे आदेशअनुसार उनलाई थुनामा पठाउन लागिएको हो । उनी साेही दिन बूढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए ।
लामिछानेलाई धरौटीमा छाड्न रुपन्देही जिल्ला अदालतले गरेको आदेश उच्च अदालतले उल्ट्याएपछि उनी जेल चलान हुने भएका हुन् ।
FACEBOOK COMMENTS