काठमाडौं । सहकारीको बचत अपचलन तथा सङ्गठित अपराधको कसुरमा पुर्पक्षका लागि कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन् ।
आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै लामिछानेले सर्वोच्चमा दिएको निवेदन दर्ता भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
लामिछानेले यसअघि थुनामा पठाउने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै अर्को निवेदन पनि सर्वोच्चमा दर्ता गरेका थिए । सो निवेदनमा सर्वोच्चले थुनामा पठाउने उच्च अदालतको कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।
FACEBOOK COMMENTS