काठमाडौं । सहकारीको बचत अपचलन मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधी हरिप्रसाद फुयालको इजलासमा परेको छ ।
हिजो आइतबार लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको जिकिर गर्दै उनकी पत्नी निकिता पौडेलले दर्ता गराएको रिटको सुनुवाइ आज सोमबार न्यायाधीश फुयालको इजलासमा हुने तय भएको हो ।
यसअघि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजालसले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट परेको थियो । उक्त रिटम सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो ।
लामिछाने हाल रूपन्देही कारागार कार्यालयमा थुनामा छन् ।
FACEBOOK COMMENTS