काठमाडौं । सहकारीको बचत अपचलनको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका तर्फबाट सर्वाेच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।
हिजो सोमबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको रिट हेर्न नमिल्नेमा राखिएको थियो । आज मङ्गलबार न्यायाधीश मुसलमानको इजलासमा रिटको सुनुवाइ हुने भएको हो ।
लामिछानेकी श्रीमती निकिता पौडेलले लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको जिकिर गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
यसअघि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजालसले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट परेको थियो । उक्त रिटमा चैत ३१ मा सुुनुवाइ गर्दै सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो ।
लामिछाने हाल रूपन्देही कारागार कार्यालयमा थुनामा छन् ।
FACEBOOK COMMENTS