काठमाडौं । आफूलाई गैरकानुनी थुनामा राखिएको जिकिर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिट प्रधानन्यायाधीशसहितको इजलासमा परेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा रिटको पेसी तोकिएको हो ।
यसअघि पाँच पटकसम्म हेर्न नमिल्ने न्यायाधीश रहेको इजलासमा परेको सो रिटमा आइतबार हेर्न मिल्ने न्यायाधीशको इजलासमा पेसी तोक्ने आदेश भएको थियो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा हाल भैरहवा कारागारमा छन् । उच्च अदालत बुटवलको आदेशअनुसार उनलाई पुर्पक्षका लागि थुनामा राखिएको होृ ।
FACEBOOK COMMENTS