काठमाडौं । रास्वपाको सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन् । हिजो रिहा भएका लामिछानेले भरतपुर चौबीस कोटी विशेष सम्बोधन गरेलगत्तै काठमाडौं आइपुगेका हुन् ।
चितवनबाट बुद्ध एयरको विमानबाट काठमाडौं आएको प्रवक्ता मनिष झाले बताए। लामिछानेको स्वागतमा रास्वपा नेता कार्यकर्ताको भिड लागेको छ ।
काठमाडौं आएर उनले आजै जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रमको सुरूवात गर्ने कार्यक्रम छ ।
FACEBOOK COMMENTS