काठमाडौँ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट आज ललितपुरस्थित नख्खु कारागारमा ल्याउन लागिएको छ ।
लामिछानेलाई हवाई मार्ग हुँदै काठमाडौं ल्याउन लागिएको हो । लामिछानेलाई कडा सुरक्षासहित भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ र केहि बेरमा काठमाडौँ ल्याइदै छ ।
लामिछाने चैत २५ देखि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा रुपन्देही कारागारमा रहेका थिए ।
FACEBOOK COMMENTS