काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता हुने भएको छ ।
शुक्रबार सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने धरौटीमा रिहा भएका थिए । रिहा भएपछि लामिछानले पहिलोपटक प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्न लागेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ साढे ६ बजे भेट हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा सूचना तथा सञ्चार मन्त्री जगदिश खरेल पनि सहभागी हुनेछन् ।
FACEBOOK COMMENTS