काठमाडाैँ । सहकारी बचत अपचलन प्रकरणमा रवि लामिछानेलाई बयानका लागि काठमाडौं हुँदै वीरगन्ज लैजाने तयारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार रविलाई बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने छ । त्यसपछि लगतै उनलाई सिमराको उडानबाट वीरगन्ज पठाइने छ ।
यस्तै, अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई भने स्थलमार्ग हुँदै वीरगन्ज पुर्याइएको छ । उनलाई आइतबार राति पोखराबाट लगिएको हो ।
FACEBOOK COMMENTS