काठमाडाैँ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। आइतबार म्याद थपका लागि अदालत लगिएको थियो। जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछानेलाई गत शुक्रबार पार्टी कार्यालय बनस्थलीबाटै पक्राउगरी पोखरा लगिएको थियो ।
रविमाथि अनुसन्धान गर्न प्रहरीले बुधबारसम्मका लागि म्याद पाउनेछन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पक्राउ परेका रविका पूर्व साझेदार छविलाल विश्वकर्मा पनि कास्की प्रहरीकै हिरासतमा छन्। रवि पक्राउको विरोधमा रास्वपाका समर्थकहरूले पोखरामा प्रदर्शन जारी राखेका छन्। समर्थक र प्रहरीबीच घम्साघम्सी पनि परेको थियो।
FACEBOOK COMMENTS