काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा सबै पक्षको बहस सकिएको छ । बुधबार प्रतिवादी रवि लामिछानेका ५ जना वकिलहरुले जवाफी बहस सकेसँगै सरकारी वकिल कार्यालयबाट २ जनाले जवाफी बहस गरेका थिए भने जाहेरीकर्ताको तर्फबाट पनि जवाफी बहस सकिएको छ ।
सबै पक्षको बहस सकिएपछि अब आदेश आउन बाँकी छ ।
FACEBOOK COMMENTS