![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमाले समीकरणमा अब बन्ने भनिएको नयाँ सरकारमा सहभागी नहुने भएको छ ।
आज मंगलबार बिहान बसेको रास्वपा सचिवालयको बैठकले नयाँ बन्ने सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका उपप्रधान तथा गृहसहित चार मन्त्री छन् । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् भने उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।
FACEBOOK COMMENTS