काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पदमा बसिरहने नैतिक अधिकार नभएको बताएका छन् ।
पछिल्लो समय मन्त्री किराँतीले धर्म र संस्कृतिसम्बन्धी दिएको अभिव्यक्तिले नेपालको सामाजिक र धार्मिक सहिष्णुता खलबल्याउने प्रकृतिको भएको भन्दै उनले तत्काल रानीनामा दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
संस्कृतिमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाबिपरीतको र अत्यन्तै खेदजनक छ,’ सभापति लामिछानेले भनेका छन्, ‘यस्तो गैर–जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस् ।’
काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नू संविधान मान्दिनँ भन्नू भएको र त्यस्ते भन्नेहरू देशद्रोही भएको टिप्पणी गर्दै क्रिश्चियन नमान्नेहरूलाई हतकडी लगाएर जेल हाल्ने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भइरहेको छ ।
‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले उग्र भाषण गर्दै बन्दै भने।
मन्त्री किराँतीले संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरू नै रहेको बताउँदै नेपालमा चाहिँ उनीहरूलाई थिचोमिचो गरिएको दाबी गरे ।
उनले भने, ‘संसारमा ३० प्रतिशत मान्छेले क्रिश्चियन धर्म मान्छन् । संसारले मानेको धर्म हामीले नमान्ने ? ’ आफू राज्यको जिम्मेवार पदमा रहेको बिर्सेका उनले आफूलाई क्रिश्चियन धर्म प्रचारकका रूपमा प्रस्तुत गरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि मुछे ।
संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक,गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ।यस्तो गैर-जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी…
— Rabi Lamichhane (@hamrorabi) December 21, 2023
FACEBOOK COMMENTS