काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गरेका छन् ।
गृहमन्त्री रविले जिल्ला प्रशासन कार्यालयलाई ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउन निर्देशन दिएका हुन् ।
‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष भित्रै खुला हुन्छ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने– ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौ।’
सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय गर्ने छ भने जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने तयारी गरिरहेको छ ।
ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमश: २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना बनाएका छन् ।
सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ । हाल दुबै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ । पर्यटक लक्षित गरि हटलाइन सञ्चालनकाे तयारी पनि भइरहेकाे छ।
FACEBOOK COMMENTS