काठमाडौँ । सांसद पद खारेज भएसँगै पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेले आफ्नो प्रतिक्रिया जनाएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताए ।
पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै लामिछानेले भने ‘सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन ।’ उनले अदालतको फैसलाको स्वागत गर्ने र स्वीकार गर्ने पनि बताए । पत्रकारहरुले सर्वाेच्चले अनागरिक ठहर गर्दा कस्तो लागिरहेको भन्ने प्रश्नमा उनले भने, ‘अनागरिकसँग के कुरा गर्नुहुन्छ ?’
FACEBOOK COMMENTS