काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा चितवनमा प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।
चितवनको चौविसकोटीबाट आएको रास्वपा जुलुसलाई प्रहरीले रोक्न खोज्दा २ पक्षबिच झडप भएको हो । चितवनमा प्रदर्शनरत राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गर्दा रास्वपाका चितवन जिल्ला सभापति कृष्ण भुसालसहितका नेताहरु घाईते भएका हुन् । प्रदर्शनकारीलाई प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको हो । सरकारी वकिल कार्यलयमा भित्र भने रवि लामिछानेको बयान जारी रहेको छ ।
FACEBOOK COMMENTS