रूपन्देही । कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतबाट धरौटी रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको अबको रुपन्देही जिल्ला अदालतमा फेस गर्ने भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले ४ करोड १५ लाख विगो दाबीसहित रविविरुद्धको मुद्दा जिल्ला अदालतमा पेश गरेसँगै मुद्दा दर्ता प्रक्रिया अघि बढेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दर्ताका लागि पठाएको सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा पठाइएको उनको भनाइ छ ।
संगठित रूपमा ठगीको कसुरमा मुद्दा दायर गर्न लागिएको हो । उक्त मुद्दामा ४२ जना प्रतिवादी बनाइएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रूपैयाँभन्दा बढी रकम अपचलन भएको अनुसन्धान प्रतिवेदनको निचोड छ । त्योमध्ये १४ करोड रूपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ ।
FACEBOOK COMMENTS