काठमाडौं । तीनकुने घटनामा संलग्न भएर पक्राउ परेका रवीन्द्र मिश्रसहित २५ जनालाई जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
मिश्र र दुर्गा प्रसाईसहित २५ जनामाथि प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
चैत १५ गते राजावादी समर्थकहरूले निकालेको प्रदर्शनमा २ जनाको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS