काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी छाडेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा शनिबार बिहान स्ट्याटस लेख्दै आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको बताएका हुन्।
‘आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको छु।
राजसंस्था पुनस्र्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा मेरा अडान यथावत रहनेछन् र तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहनेछु,’ उनले लेखेका छन्।
रवीन्द्र मिश्र काठमाडौं–१ मा प्रतिनिधि सभा सदस्य पदमा पराजित भएका थिए। उनी त्यहाँ तेस्रो पटक पराजित भएका हुन्।

FACEBOOK COMMENTS