काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र हिरासतमुक्त भएका छन् ।
गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका उनलाई ५० दिनपछि आज छाडिएको हो । बन्दी प्रत्यक्षीकरणको रिटमार्फत उनी रिहा भएका हुन् ।
उनीमाथि प्रहरीले संगठित अपराध, राज्यद्रोह र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान गर्न आठ पटक म्याद थप गरिसकेको थियो । रिहा गर्ने छाँट नदेखिएपछि उनले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए ।
उक्त रिटमाथि आज न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजसाले उनलाई कानून व्यवसायीको रोहबरमा हाजिरी जमानीमा छोड्न आदेश दिएको हो ।
FACEBOOK COMMENTS