काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र थुनामुक्त हुन सर्वोच्च अदालत पुगेका छन् ।
उनले आज आफ्नी श्रीमती सारिका कार्कीमार्फत सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन् । कार्कीले मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उक्त निवेदन दिएकी हुन् ।
मिश्र गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । प्रहरीले उनीमाथि अनुसन्धान गर्न पटक–पटक म्याद थप अनुमति लिँदै आएको छ ।
यो पनि पढ्नुहोस्–
रवीन्द्र मिश्रसहितका राजावादीलाई बिनाशर्त रिहाइ गर्न सांसद नेपालीको माग (भिडिओ)
FACEBOOK COMMENTS