काठमाडौँ । विवेकशील साझा पार्टीले पूर्व अध्यक्ष रवीन्द्र मिश्रका पालामा ल्याइएको सिद्धान्त ‘बिचार भन्दा माथि देश’लाई विवादास्पद र घातक दस्ताबेज भन्दै खारेज गरेको छ। पार्टीको शुक्रवार बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष मिश्रका पालामा ल्याइएको विचारभन्दा माथि देशको सिद्धान्त खारेज गरेको पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।
बैठकले उक्त सिद्धान्त प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्ताबेज खारेज गर्ने निर्णय गरेको उनले बताए । प्रवक्ता परियारले उक्त दस्ताबेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति सुरु भएको दाबी गरेका छन् । बैठकले केही नेताहरूमाथि पार्टी हित विपरीत कार्य गरेको भन्दै स्पष्टीकरण लिने निर्णय समेत गरेको उनको भनाइ छ।
FACEBOOK COMMENTS