काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण सङ्गठनहरूको छाता संगठन (ईफाप्का) को अध्यक्षमा चयन भएका छन् । माल्दिभ्स्को राजधानीमा मालेमा शुक्रवार सम्पन्न ईफाप्काको ४५ औं सम्मेलनले अध्यक्षमा सिंहलाई चयन गरेको हो ।
ईफाप्काको महासचिवमा महासंघका सल्लाहकार इन्जिनियर विरेन्द्रराज पाण्डे र बोर्ड सदस्यमा महासंघका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ भएका छन् । वर्णानुक्रम अनुसार (ईफाप्का) का सदस्य राष्ट्रहरूले संगठनको नेतृत्व गर्ने प्रचलन अनुसार माल्दिभ्स्पछि नेपालको पालो आएको हो ।
यसअघि सन् १९९८ मा नेपालका गणेशलाल श्रेष्ठ ईफाप्का अध्यक्ष चयन भएका थिए । मालेमा आयोजित कार्यक्रममा ईफाप्काका निवर्तमान अध्यक्ष माल्दिभ्सका मोहमद अलि जनाले ईफाप्काको नयाँ अध्यक्षको रुपमा सिंहलाई कार्यभार हस्तान्तरण गरे ।
FACEBOOK COMMENTS