काठमाडौं । सरकारले बिमा प्राधिकरण सञ्चालक समितिमा राधा पोखरेललाई नियुक्त गरेको छ ।
आजको अर्थमन्त्रीस्तरीय निर्णयले पोखरेललाई आगामी चार वर्षका लागि महिला सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पोखरेल विशाल बजार कम्पनीको सञ्चालकमा छिन् । पोखरेल नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष हुन् ।
बिमा ऐन २०७९ मा प्राधिकरण सञ्चालकमा अध्यक्ष र चार जना सञ्चालक हुनुपर्ने व्यवस्था छ । अर्थमन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सञ्चालकको रुपमा प्रतिनिधित्व गर्ने व्यवस्था ऐनमा छ । यस्तै २ सदस्यमा जीवन बीमा र निर्जीवन बिमा क्षेत्रबाट १र१ जना गरी दुई जना सञ्चालक नियुक्त गर्नुपर्ने छ ।
FACEBOOK COMMENTS