काठमाडौं । साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले नेपाली कम्युनिस्ट पार्टी परित्याग गरेका छन् ।
राजीनामापत्रमा रातो अक्षरमा ’सागरकी तुफानको भी हमने बसमें किया है, पहाडोंके छट्टाका पथ मोड दिया है’ लेखिएका पंक्तिहरू पार्टी अध्यक्ष प्रचण्डलाई सम्झाउँदै रहबरले राजीनामा बुझाएका छन् ।
उनले पत्रमा लेखेका छन्, ‘यो गीत अब तपाईंको स्मृतिमा मात्र बाँकी छ । साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभाषको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु ।’
कात्तिक तेस्रो साता आफ्नै अनुहारमा कालोमोसो दलेर प्रदेश सभाको बैठकमा उपस्थित भएपछि अन्सारी चर्चामा आएका थिए । उनकै कारण तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत पाउन सकेका थिएनन् । पार्टी नेतृत्वले इमान र साहस गुमाएको उनको विश्लेषण छ ।
FACEBOOK COMMENTS