काठमाडौं । भारतले अफगानिस्तानविरुद्धको टेस्ट खेलको पहिलो दिन राम्रो शुरुवात गरेको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको भारतले ३ विकेट गुमाएर ३६८ रन बनाएको छ ।
भारतका लागि शुभमन गिलले अविजित १०३ रन बनाएका छन् । ऋषव पन्तले अविजित ५० रन बनाएर खेलिरहेका छन् । त्यस्तै केएल राहुल १०० रन बनाएर आउट भए भने साई सुदर्शनले ८१ र यशस्वी जैसवालले २४ रन बनाएका थिए ।
त्यस्तै अफगानिस्तानका बलर मोहमद सलीमले २ र जियाउर रहमानले एक विकेट लिएका छन् ।