जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा शनिबारदेखि तीन दिनसम्म बन्द रहने भएको छ ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले विज्ञप्ति जारी गर्दै जेठ ५ गते शनिबारदेखि ७ गते सोमबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन् ।
भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा जेठ ७ मा लोकसभाको निर्वाचन हुने भएकोले शनिबारदेखि सोमबारसम्म ७२ घण्टाका लागि नेपाल रेल्बे सेवा पूर्ण रुपमा बन्द गरिने विज्ञप्तिमा उल्लेख छ । रेल्वे सेवा जेठ ८ गतेदेखि नियमित रुपमा सञ्चालन हुने जनाइएको छ ।
FACEBOOK COMMENTS