काठमाडौं । भाइटिकाको दिन काठमाडौं उपत्यकामा असिना पानी परिरहेको छ ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली भेगमा मौसम धुम्मिएको हो।
तर दिउँसो अबेरतिरबाट मौसम क्रमश :खुल्दै जाने पूर्वानुमान गरिएको छ । अहिले काठमाडौँको तापक्रम १९ डिग्री सेल्सीयस रहेको छ र हल्का छिटपुट वर्षा भइरहेको छ ।
अहिले काठमाडौं उपत्यकामा आकाश बादलले ढाकिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू – भागमा साधारणतया बदली रहने र केही स्थानमा हल्का वर्षा र उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ ।
देशका अधिकांश तराईका जिल्लाहरूमा मौसम मुख्यतया सफा रहेको छ, यद्यपि कोशी र मधेश प्रदेशका एक, दुई स्थानमा हल्का बदली हुन सक्छ ।

